खाेज्नुहाेस

एमाले कैलाली क्षेत्र नं. ४ द्धारा शान्ति सुरक्षाका सवालमा डिएसपी थापासँग छलफल

Image

अत्तरिया– नेकपा एमाले कैलाली क्षेत्र नं. ४ ले ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगाबहादुर थापासँग छलफल गरेको छ । सोमबार क्षेत्र नं. ४ मा शान्ति सुरक्षा कायम राख्ने विषयमा एमाले कैलाली क्षेत्र नं. ४ का संयोजक गणेश जिमि साउँद लगायतको टोलीले डिएसपी थापासँग छलफल गरेको हो ।

navjiwan hospital

छलफलमा साउँद सहित उप–संयोजक टेक बहादुर शाह र सचिव खेमानन्द पौडेल सहभागि रहेका थिए । डिएसपी थापासँग क्षेत्र नं. ४ अन्तरगत पर्ने पालिका तथा वडाहरुमा शान्ति सुरक्षा कायम गर्ने, लागूऔषध, अपराध, जुवा तास तथा विकृति विसंगतीहरु नियन्त्रण गर्ने विषयमा छलफल गरिएको संयोजक साउँदले बताए ।

attariya hospital

उनले सकारात्मक भएको बताए । उनका अनुसार डिएसपी थापाले छलफलमा उठेका विषयवस्तुमा ईलाका प्रहरी कार्यालय सशक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । डिएसपी थापाले आगामी दिनहरुमा पनि टोलीबाट सल्लाह, सुझाव र सहयोगको आसा राखेको समेत बताएका थिए ।

एमाले कैलाली क्षेत्र नं. ४ ले सो क्षेत्रका जनताका जनजिविकाका हितका लागि निरन्तर लाग्ने योजना बनाएको र सो योजना अनुरुप नै पहिलो पटक शान्ति सुरक्षाका विषयमा ध्यान दिईएको संयोजक साउँदले बताए ।