धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । यसअघि असोज ६ गते बसेको प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्न करिब ४ महिना अघि बसेको बैठक त्यसपछि अनिश्चित समयका लागि स्थगित भएको थियो । पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ । यसै गरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।



















