खाेज्नुहाेस

चौथो त्रिवेणी महोत्सव माघ १५ देखि सञ्चालन हुने

Image

धनगढी –  चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले माघ १५ देखि २२ गतेसम्म चौथो त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ। “शिक्षा, कृषि, संस्कृति तथा जलमार्गको सम्भावना : सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

navjiwan hospital

मञ्चका अध्यक्ष वीरेन्द्रबहादुर रावलले महोत्सवले मोहन्याल गाउँपालिकामा रहेको त्रिवेणी घाट, धुलिखेल, मालिका मन्दिर, र कर्णालीका माछा र र्याफ्टिङजस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने बताए। साथै, महोत्सवले सो क्षेत्रमा शिक्षा, पर्यटन, कृषि, आर्थिक तथा धार्मिक विकासमा टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे।

attariya hospital

महोत्सवले एम्बुलेन्स सञ्चालन र शैक्षिक संस्थामा इको क्लब स्थापना गर्दै वातावरण संरक्षणका गतिविधि अघि बढाउने उद्देश्य राखेको छ। महोत्सवमा २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने एकसय स्टल रहनेछन्।