खाेज्नुहाेस

बझाङमा गाउँपालिका भवन बनाउन जोशीले गरे १५ रोपनी जग्गा दान

Image

बझाङ– बझाङको एउटा पालिका भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जमिन दान गरेका छन । जिल्लाको मष्टा गाउँपालिकाको भवन बनाउनका लागि सोही पालिकाको वडा नं. ४ का स्थानिय नवराज जोशीले १५ रोपनी जमिन दान गरेका हुन ।

navjiwan hospital

उनले करिब ६५ लाख मुल्य पर्ने जमिन दान गरेको बताईएको छ । जग्गा अभावका कारण पालिकाले लामो समयदेखी प्रशासकिय भवनको अभाव झेलिरहेकामा अब भने सहज भएको पालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।

attariya hospital

उनले जग्गा प्राप्तीसँगै पालिकाको भवन निर्माण प्रकृया अगाडी बढाईएको बताए । भवनका लागि बजेट आएपनि जग्गा अभावका कारण हालसम्म बनाउन नसकिएको उनको भनाई थियो । पालिकाले जग्गादान गर्ने जोशीलाई सम्मान गरेको छ । पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

बझाङका पूर्व जिल्ला पञ्चायत सभापति समेत रहेका जग्गादाता जोशी आफूले दिएको जग्गामा बन्ने पालिकाको केन्द्रले गाउँपालिकालाई नै नमुना बनाउन काम गर्नुपर्ने बताए । उनले पालिकालाई सुशाशनको क्षेत्रमा पनि नमुना बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीहरुले भुमिका खेल्नुपर्ने बताए ।