खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट ११ लाख बढीको अवैध सामान बरामद 

Image
अत्तरिया – कैलाली र कञ्चनपुरबाट प्रहरीले ११ लाख बढीको अवैध सामान बरामद गरेको छ । आइतबार प्रहरीले दुवै जिल्लाका छुटाछुटै स्थानबाट अवैध सामान बरामद गरेको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – २ वालुवाघाट, सिसा पोस्ट , त्रिनगर ब्यारेल, धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा र गोदावरी नगरपालिका – १ पूर्व रोडबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका ३ लाख १४ हजार ५० रुपैयाँ बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, औषधि, मोबाइलका डिस्प्ले, गाडीका पार्टस, ज्याकेट, कोट, सुट पिस, आउटर, हाइनेक, ट्रेकसुट, भेष्ट, ट्राउजर, क्रिम लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका – १० गड्डाचौकी ब्यारेल नजिक र भीमदत्त नगरपालिका –  ११ भुजेलाबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८ लाख ३७ हजार ९ सय बराबरको पित्तल र कासोका जस्ता देखिने विभिन्न भाँडाहरू, घण्टी, घण्टी बजाउने रालो, कट्टु, मोजा प्लास्टिक झिल्ली, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । सबै सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।