अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । शनिवार गोदावरी नगरपालिका – २ तेघरीमा लागू औषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बैतडीको पुर्चौडी नगरपालिका – ४ का ३४ वर्षीय नरेश साउँदलाई पक्राउ गरेको हो ।


शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ परेका उनको साथबाट ११० मिलिग्राम लागू औषध (हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
















