
बझाझ – बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । बिहीबार राति मष्टा गाउँपालिका भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १३९८ नम्बरको जिप दुर्घटना हुँदा मष्टाकै जिप चालक ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो ।
जिप अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
