खाेज्नुहाेस

७५३ स्थानीय तहमा यात्रा गरिरहेका ७२ वर्षीय रामभक्त अत्तरियामा (भिडियो सहित)

Image

अत्तरिया – शान्तिका लागि ७५३ स्थानीय तहमा पैदल तथा साइकलद्वारा यात्रा गरिरहेका ७२ वर्षीय राम भक्त कौडिन्य (प्याकुरेल) कैलालीको अत्तरियामा पुगेका छन् । २०७८ साल मंसिर ९ गते देखि रतुवाईमाई नगरपालिका मोरङबाट यात्रा सुरु गरेको बताउने राम भक्त मंगलबार अत्तरियामा भेटिएका हुन ।

एउटा सामान्य साइकलमा २ वटा राष्ट्रिय झण्डा बाँधेर यात्रा गरिरहेका उनले शान्तिको सन्देश बोकेर नेपाल घुम्ने आफ्नो कर्म रहेको बताए ।

attariya hospital
navjiwan hospital

‘म सम्पूर्ण नेपालका ७५३ स्थानीय तहलाई शान्तिको यात्रा लिएर देशमा शान्ति आओस्, सबैका मनमा शान्ति आओस्, देशलाई शान्तितिर नेताहरूले डोह¥याउन, भ्रष्टाचार निर्मूल होस् भनेर म हिँडेको ३ वर्ष १ महिना ७ दिन भयो’ उनले भने ‘अहिले सम्म ६५७ पालिका पार गरिसकेको छु ।’

उनले दिनमा ८ देखि १२ घण्टा सम्म यात्रा हिँड्ने गरेको बताए । उनले बाटोमा पाइने सहयोगले यात्रा गरिरहेको बताए । बाटोमा परेका पालिकामा प्रमाणित गराए हिँड्ने गरेको बताउने उनले गोदावरी नगरपालिकाको वडा नम्बर ४ पुगेर धनगढी जाने योजना रहेको बताए ।

भिडियो