अत्तरिया – कैलालीको अत्तरियाबाट भन्सार छलीको सामान बरामद गरिएको छ ।

गोदावरी नगरपालिका – २ बसपार्कबाट प्रहरीले लेडिज कटराइज पाइन्ट, लेडिज टप्स लगायत बिभिन्न किसिमका लेडिज कपडाहरु बरामद गरेको हो

उक्त सामान २ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको रहेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उक्त समान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाई रहेको छ ।















