रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय समाचार कक्षका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ।

त्यस्तै, गोरखामा २०, तनहुँमा नाै, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


















