खाेज्नुहाेस

गोदावरीका जनप्रतिनिधि र कर्मचारीले २ दिनको पारिश्रमिक भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि दुई दिन बराबरको पारिश्रमिक तथा सेवा–सुविधा सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् ।

नगरपालिकाले बिहीबार एक अपिल जारी गर्दै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको प्रति गहिरो दुःखी व्यक्त गरेको छ । विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

attariya hospital
navjiwan hospital

नगरप्रमुख विरेन्द्र भट्टद्वारा हस्ताक्षरित अपिलमा नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीहरूले पाउने सेवा, सुविधा र पारिश्रमिकबाट दुई दिनको हुन आउने रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिने उल्लेख छ ।

अपिलमा गोदावरी नगरपालिका क्षेत्रमा बसोबास गर्ने कसैका परिवार वा आफन्तजन बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका भए तत्काल जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ । खोज तथा उद्धार कार्यमा समन्वयका लागि नगरका पदाधिकारीहरू सँग सम्पर्क गर्न सकिने जनाइएको छ ।

साथै, नगरपालिकाले आफ्नो क्षेत्रभित्रका उद्योगी, व्यापारी, शिक्षक, समाजसेवी तथा सम्पूर्ण नागरिक समाज र संघ–संस्थाहरूलाई पनि बाढी पीडितको राहत तथा सहयोगका लागि आफ्नो तर्फबाट सहयोग गर्न हार्दिक अपिल गरेको छ ।