
अत्तरिया – कैलालीबाट प्रहरीले भन्सार छलीका अवैध सामान बरामद गरेको छ । शनिवार धनगढी उपमहानगरपालिका – ९ बङग्राकटान, त्रीवेणीघाट र जोशीपुर गाउँपालिका –४ झबहीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ६१ हजार ६ सय मुख्य बराबरका सामान बरामद गरिएको हो ।

जसअन्तर्गत प्याज, चिनी, च्याउ, बिडी, सुर्ती, पास्ता, पनिर मसाला, सिद्रा माछा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













