खाेज्नुहाेस

महेन्द्रनगरमा सहरी विकास परियोजना अस्तव्यस्त

Image

कञ्चनपुर – महेन्द्रनगर बजारमा सहरी विकास परियोजना अन्तर्गतको सडक स्तरोन्नति कार्य अस्तव्यस्त बनेको छ। सडक कालोपत्रे भए पनि बिजुली र टेलिफोनका पोल बीचमै रहँदा र खाल्डाखुल्डी पुरिन नसक्दा समस्या उत्पन्न भएको छ।

navjiwan hospital

एसियाली विकास बैंकको सहयोगमा सुरु भएको यस परियोजना ६ वर्षपछि पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोल सार्न ढिलाइ गर्दा सडक निर्माणको प्रगति प्रभावित भएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले बताए।

attariya hospital

पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नति र अन्य भौतिक पूर्वाधार निर्माण लगभग ९६ प्रतिशत सम्पन्न भएको छ। दोस्रो चरणको कामका लागि पनि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।