खाेज्नुहाेस

एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी

Image
तस्वीर : झलक पाली

डोटी – नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन् । सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मतान्तरले हराउँदै मलासी विजयी भएकी हुन् ।

navjiwan hospital

मलासीले २ सय १५ मत प्राप्त गर्दा मल्लले १ सय ७१ मत पाए । मलासी भीम रावलनिकट नेतृ हुन् । यता, मल्ल भने अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

add everest academy
attariya hospital

त्यस्तै, उपाध्यक्ष पदमा खगेन्द्र बडैला, सचिवमा मलासी प्यानलकै पदमबहादुर भट्ट र उपसचिव (खुला) डम्मर डौडी विजय भएका छन् । उपसचिव (समावेशी) पदमा मञ्जु प्यानलकै विस्ना सिंह विजयी भइन् ।

निर्वाचनमा मञ्जु प्यानलको वर्चस्व देखिएको छ । अध्यक्षमा निर्वाचित मलासी दिपायल सिलगढी नगरपालिकाकी पूर्व मेयर पनि हुन् ।