अत्तरिया- डोटीको एक चिया पसलमा आगलागी भएको छ । सोमबार साँझ जोरायल गाउँपालिका-२ बस्ती बस्ने ४० वर्षका नयाराम पल्लीमगरको काठले बनेको टिनले छाएको एकतले कच्ची चिया पसलमा आगलागी भएको हो ।

प्रहरीले विद्युतको तार सर्ट भई आगलागी हुँदा चिया पसलभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा, ग्याँस सिलिण्डर, चुलो, फ्रिज, काठ र फर्निचर लगायतका सामानहरु गरी अन्दाजी २ लाख ५१ हजार १०० मूल्यको धनमाल जलेर नष्ट भएको बताएको छ ।


आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।