बेलौरी – बेलौरीमा ढकिया बनाउने तालिमको समापन गरिएको छ । शुक्रवार व्यवसायीक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर बेलौरी नगरपालिका १० को वडा कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ४५ दिने (२२५) कार्य घण्टाको ढकिया बनाउने तालिम समापन गरिएको हो ।

४५ दिने यस तालिममा राना थारु समुदायमा प्रयोग हुने ढकिया लगायतका विभिन्न सामाग्रीहरु बनाउन सिकाइएको थियो ।

‘नि:शुल्क सीप सिकौ ,आत्मनिर्भर बनौ’ भन्ने नारा लिएर जेठ ११ गतेदेखी सुरु गरिएको तालिममा १७ जना महिलाहरुको सभागिता रहेको बेलौरी नगरपालिका १० का वडा अध्यक्ष सोमलाल चौधरीले बताए । वडा अध्यक्ष चौधरीका अनुसार तालिममा २० जना महिलाको माग गरिएपनी सहभागीता १७ जनाकै रहेको थियो ।
वडा अध्यक्ष चौधरीले तालिममा सिकेको सीपले परम्परागत कामलाई व्यवसायीक रुपमा परिणत गर्न मद्दत मिल्ने विश्वास गरेका छन । समापन कार्यक्रममा सहभागी महिलाहरुलाई प्रमाणपत्र दिइएको थियो । तालिम लिएका महिलाहरुले सिकेको सीपलाई व्यवसायीक रुपमा प्रयोग गर्ने बताएका छ्न ।















