लघुवित्त आफैमा एक सामाजिक बैंक पद्धति हो । नेपाल जस्तो अल्पविकसित देशको लागि लघुवित्त गरिवि निवारण, बित्तिय पहुँच र वित्तिय समावेशिकरणको लागि एक महत्वपुर्ण औजारको रुपमा परिणत भएको छ । पछिल्लो समय देशको परिस्थिति संगै जनताको मनस्थिति बदलिदो छ । नेपालको सामाजिक अवस्था कोभिड पछाडि परिवर्तन भएको छ । यो स्वभाविक प्रक्रिय हो । समाज ढुङगे युगबाट आधुनिक युगमा परिवेश भएको छ । संसार ग्लोबलाईजेशन ले एउटा गाउँ भएको छ । मानिसका आवश्यकता परिवर्तन भएका छन । विचार अनि चेतनाको स्तर चाहना संगै पारिवारिक संरचना पनि परिवर्तन भएको छ । लघुवित्त ग्रामिण बस्तिमा गई बित्तिय पहुँच अनि बित्तिय साक्षरता मार्फत विपन्न परिवारको एक वित्तिय आवश्यकता पुरा गर्ने माध्यम हो । अब लघुवित्तको दिगोपनको लागि हामिले समय परिवर्तन संगै यसको मोडलमा अनि कार्य प्रकृति परिवर्तन गर्न आवश्यक देखिन्छ ।

G2P Model (Government -To-person model) को प्रयोगबाट नेपालको ग्रामिण वस्तिमा रहेको विपन्न परिवारलाई सरल अनि सजिलो सेवामार्फत सिधा उनिहरुको उत्थानको प्रयोग गरिन्छ । बिशेष गरि गरिब र मार्जिनलाइज्ड समुदाय बिच सिधा सेवाहरुको प्रभाव गर्दछ । जसमा लघुवित्तले निम्न भुमिका मार्फत लघुवित्तको महत्वलाई ग्राहक सदश्यलाई अझ बढि प्रभावकारी महसुस गराउन सक्छ ।

१. सरकारी भत्ता र सामाजिक सुरक्षा वितरणमा लघुवित्त

लघुवित्तले दुर्गम पिछडिएका समुदायमा रहेका ब्यक्तिहरुसंग प्रत्यक्ष कारोबार गर्ने भएकोले सरकारले वितरण गर्ने वृद्ध भत्ता, अशक्त भत्ता, बाल भत्ता वा कृषि अनुदान सिधा लघुवित्त मार्फत वितरण गर्ने सक्छ । यसो गर्दा नागरिकले सजिलै आफ्नो सेवा दिन सक्छ । यसो गर्दा विचौलिया प्रवृद्धि हटाउँदछ र पारदर्शिता बढाउँछ ।
२. सरकारी ऋण र अनुदान वितरणमा लघुवित्त
नेपालमा सरकारले नागरिकलाई दिने ऋण अनुदान प्रक्रिया झन्झटिलो छ । जसले गर्दा वास्तविक पाउनुपर्ने नागरिकले यसको प्रयोग गर्न पाउदैनन् र उद्यमशिलता प्रत्यक्ष ह्रास आउँछ । सरकारले साना कृषि व्यवसाय, महिला उद्यमशिलताको लागि लघुवित्त संस्थासंग सहकार्य गरि सस्तोदरमा ऋण उपलब्ध गराउन सक्छ । जसले गर्दा सरकार बाट वितरण हुने ऋण र अनुदान सिधै नागरिको हातमा जान्छ ।
३. डिजिटल वित्तीय समावेशिकरणमा लघुवित्त
नेपालको भौगलिक अवस्था एकनासको छैन र विकासको असन्तुलन पनि उस्तै छ । नेपालको कतिपय ग्रामिण वस्तिमा डिजिटल वित्तिय समावेशिकरण सन्तुलन नभएको अवस्थामा सरकारले लघुवित्तसंगको सहकार्यमा ग्रामिण वस्तिमा रहेको जनसख्यालाई यस बाट लाभान्वीत बनाई डिजिटल बित्तिय समावेशिकरण सन्तुलन कायम गर्न सहज हुन्छ ।
४. डिजिटल सेवामा लघुवित्त
सार्वजनिक सेवा जस्तै कर भुक्तानी, बालि बिमा, स्वास्थ्य बिमा आदि लघुवित्तको सहकार्यमा डिजिटल गर्न सकिन्छ । यसले सरकार र नागरिक बिचको सेवालाई छिटो र सजिलो बनाउँछ । जसले गर्दा सिधा लाभ हस्तान्तरणको सुनिश्चितता प्रदान गर्दछ ।
५. नागरिकलाई सिधा सस्तो ऋण उपलब्ध गराउनमा लघुवित्त
नेपाल सकारसंग सहकार्य गरेर सामाजिक उद्यमशिलता र विभिन्न स्वरोजगार सम्बन्धी योजना संञ्चालन गर्न नागरिकलाई सस्तो दरको कर्जा वितरण गर्न लघुवित्तको सहायता लिन सक्छ । जस्तै सोलार कर्जा अनुदान, गोबरग्यास कर्जा वितरण, गर्न लघुवित्तबाट आवश्यक समन्वय गर्न सकिन्छ ।
६. सिधा वित्तिय सहायता र आपतकालिन राहातमा लघुवित्त
सरकारले यो मोडेलमा नागरिको आपतकालिन अवस्थामा (जस्तै प्रकृति विपद बाढि, पहिरो, भुकम्प लगायत) सिधा लघुवित्त संस्था मार्फत राहात वितरण गर्न सक्छ । साथै लघुवित्त संस्थाले डिजिटल प्लेटफर्मको प्रगोग गरि तत्काल सेवा प्रवाह गर्दसक्छ ।
७. शिक्षा र क्षमता विकासमा लघुवित्त
सरकारले लघुवित्त संस्थाको सहयोगमा लघुवित्त आबद्ध रहेको क्षेत्रमा नागरिको शिक्षा तथा विभिन्न परियोजनासंग सम्बन्धीत तालिम संञ्चालन र वित्तिय साक्षरता सम्बन्धी शिक्षा मार्फत आफ्ना नागरिकलाई सक्षम र शिक्षीत बनाउन सक्छ ।
माथि उल्लेखित मोडलको सहायता मार्फत सरकारले लघुवित्त संग सहकार्य गरि नागरिकलाई सजिलै प्रभावकारी सेवा दिन सक्छ । सो मोडलको सहायताले अहिले लघुवित्तप्रतिको भ्रम र अपवादहरुलाई निरुत्साहित गरि समग्र लघुवित्तप्रति सदस्यको महत्व अझ बलियो हुने थियो । अहिलेको अवस्थामा लघुवित्तहरुले G2P Model पर्खिरहेको महसुस भएको छ ।
– लेखक डिप्रोक्स लघुवित्त वित्तिय संस्थामा अधिकृत को रुपमा कार्यरत हुनुहुन्छ ।
Very nice article !