खाेज्नुहाेस

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्वाचित

Image

बझाङ – नेकपा एमाले बझाङको जिल्ला कमिटी अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित भएका छन । भण्डारीले अध्यक्ष पदका प्रतिस्पधी कलकबहादुर खड्कालाई ५५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले २०८ मत प्राप्त गर्दा खड्काले १५३ मत पाएका छन ।

navjiwan hospital

यस्तै उपाध्यक्षमा तलकोट गाउँपालिकाका पूर्वअध्यक्ष लालबहादुर विष्ट, सचिवमा लोकेन्द्रबहादुर सिंह, उपसचिवमा पञ्कज भण्डारी र महिला उपसचिवमा राधा विष्ट निर्वाचित भएका छन ।

add everest academy
attariya hospital

अधिवेशनले पदाधिकारी तथा सदस्य गरेर ७५ जनाको जिल्ला कमिटी र गजेन्द्र खत्रीको अध्यक्षतामा सात सदस्यीय लेखा आयोगको चयन गरेको छ ।