खाेज्नुहाेस

कैलाली भन्सार प्रमुखका भान्से पक्राउ

Image

धनगढी – कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमिल्सेनाका भान्सेलाई पक्राउ गरिएको छ । अर्काको मोटरसाइकल नम्बर प्रयोग गरि मोटरसाइकल चलाएको पाइएपछि भन्सार कार्यालयका प्रमुख तिमिल्सेनाका भान्छे ३४ वर्षीय रोहित मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

प्रहरीकाअनुसार उनीसँगै धनगढीमै ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्यायलाई पनि पक्राउ गरिएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले दुवै जनाले एउटै अल्फाबेट र नम्बर भएका दुई मोटरसाइकल चलाएको निवेदन परेपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनीहरुमाथि किर्ते तथा अपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको बोहराले बताए । उनीहरु दुवै जनाले सुपप्र ०२ ००४ प ४१ ४८ नम्बरको मोटरसाइकल चलाउँदै आएका थिए ।