खाेज्नुहाेस

डोटीका विद्यालयमा प्रहरीको प्रशिक्षण

Image

अत्तरिया- डोटीका विद्यालयमा विद्याथीहरुलाई लागुऔषध दुर्व्यसन तथा साइबर क्राइम सम्बन्धी प्रशिक्षण गराइएको छ । समुदाय प्रहरी साझेदारी प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिका-३ र ४ स्थित दिल्पेश्वर माध्यमिक विद्यालय र सुजङ्ग बोर्डिङ स्कुलमा अध्ययनरत विद्याथीहरुलाई ‘साइबर क्राइम नियन्त्रण तथा रोकथाम’ सम्बन्धी प्रशिक्षण गरिएको हो ।

शुक्रबार सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी निरीक्षक प्रकाश सिंह कार्की नेतृत्वको टोलीद्वारा प्रशिक्षण गरिएको हो । कार्यक्रममा दुवै विद्यालयका शिक्षक, शिक्षिका तथा अध्ययनरत छात्रछात्राहरु गरी २०० जनाको उपस्थिति रहेको प्रदेश प्रहरीले बताएको छ ।

attariya hospital
navjiwan hospital

त्यस्तै, दिपायल सिलगढी-६ स्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय र पवित्रा बोर्डिङ स्कुलमा अध्ययनरत छात्रछात्राहरुलाई ‘लागुऔषध दुर्व्यसन र साइबर क्राइम नियन्त्रण तथा रोकथाम’ सम्बन्धी प्रशिक्षण दिइएको छ । कार्यक्रममा दुवै विद्यालयका शिक्षक, शिक्षिका तथा अध्ययनरत छात्रछात्राहरु गरी २१० जनाको उपस्थिति रहेको प्रहरीले बताएको छ ।

May be an image of 8 people and text

May be an image of 3 people and text

May be an image of 6 people and people studying