बझाङकी रश्मिला उच्च अदालत पाटन परिसरबाट पक्राउ

काठमाडौँ- बझाङ घर भएकी रश्मिला धामी उच्च अदालत पाटन परिसरबाट पक्राउ परेकी छन् । बुधबार अदालत परिसरमै विष सेवन गर्न लागेपछि उनी पक्राउ परेकी हुन् ।

maya metro hospital

प्रहरीका अनुसार धामीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुरको उजुरी परेको छ । अदालतको गेटमा न्याय दे भनेर विष सेवन गरे जसरी ढलेको देखेपछि प्रहरीले तत्काल उद्धार गरेर अल्का अस्पताल लगेको उपत्यका प्रहरी कार्यालय प्रमुख सानुराम भट्टराईले बताए ।

प्रहरीले धामीमाथिको उजुरीबारे अनुसन्धान हुने जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.