अत्तरिया – कैलालीको अत्तरियामा दलित तथा पछाडि पारिएका समुदायको स्थानीय श्रोत तथा सेवामा पहुच सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
मंगलबार द फ्रिडम फण्डको आर्थीक सहयोगमा दलित विकास सेवा केन्द्रको दलित सशक्तिकरण कार्यक्रम अन्तरगत स्थानीय जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरु सँग अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
गोदावरी नगरपालिकी उपमेयर शारदा देवी रोकायाको प्रमुख अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा गोदावरीमा दलित, जनजाती तथा पछाडि पारिएका समुदायको अवस्थाका बारेमा छलफल गरिएको थियो ।
दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत हरिदत्त भट्ट वडाध्यक्ष, नगरका कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन दलित सशक्तिकरण कार्यक्रम कार्यक्रमका संयोजक कृष्ण विकले गरेका थिए ।