डोटीमा युवकको मृत्युपछि अवरुद्ध केआईसिंह राजमार्ग सुचारु

 

डोटी – डोटीमा दुर्घटनामा परी एक युवकको मृत्यु भएपछि अवरुद्ध गरिएको केआईसिंह राजमार्ग सुचारु भएको छ । मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट अवरुद्ध गरेको राजमार्ग सहमती पछि सुचारु भएको हो । क्षतिपुर्ती दिने सहमती पछि मंगलबार दिउँसोबाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले बताए ।

maya metro hospital

गत शनिबार सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दीपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए ।

घटनापछि मृतक तथा घाइतेका परिवारले क्षतिपूर्तिको माग गर्दै केआईसिंह राजमार्गको शिखर नगरपालिका–६ सिर्खोली खण्ड अवरुद्ध गरेका थिए ।

attariya hospital

प्रहरीले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भन्दै जिप चालक भरत बहादुर सिंहलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक शाहले पक्राउ परेका सिंहलाई आज जिल्ला अदालत पेश गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.