बझाङ – सेती नदीमा खसेर बझाङमा एक युवतीको मृत्यु भएको छ ।
छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा खसेर मृत्यु भएको हो । आइतबार बिहान भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर खसेकी थिइन् ।
उनको बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकै शव फेला परेको छबिसपाथिभेरा गाउँपालिका – १ का वडाध्यक्ष करनजंग सिंहले बताएका छन । उनले शव पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको बताए ।