खाेज्नुहाेस

डोटीमा जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

Image

अत्तरिया- डोटीमा शनिबार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेको प्रहरीले बताएको छ ।

navjiwan hospital

प्रहरीका अनुसार शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले सुपप्र०३००१ प०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार साउद गम्भीर घाइते भएका थिए । उपचारका लागि सुजङ अस्पताल राजपुर लगिएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

attariya hospital

मोटरसाइकल चालक सिर्खोलीकै २७ वर्षका प्रकेश विकलाई थप उपचारको लागि धनगढी रिफर गरिएको र ठक्कर दिई फरार रहेको जिपको खोजतलास भइरहेको प्रहरीले बताएको छ ।