डोटी – डोटीमा एक महिला मृत फेला परेकी छिन । बडिकेदार गाउँपालिका २ अन्तर्गत सहजपुर–बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल भिरालो जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको छ ।

प्रहरीले उनको आफ्नो आफ्नो घरबाट माइती जाने क्रममा मृत्यु भएको जनाएको छ । स्थानीयले उनी लामो समयदेखि उच्च रक्तचापले पीडित रहेको जनाएका छन । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















