खाेज्नुहाेस

एकता प्रगतीशिल बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको एकता प्रगतीशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा रहेका थिए । कार्यक्रममा बोल्दै मन्त्री थापाले सहकारीले उल्लेखनिय कार्य गरेको देखिएको बताए । उनले सहकारीले कृषि तथा महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा राम्रो काम गरेको बताए । सहकारीले कृषि, व्यापार लगायतका अन्य क्षेत्रमा पनि लगानी गर्ने काम गरिरहेको देखिएको बताए ।

attariya hospital

उनले आफू मन्त्री भएपछि सहकारीहरुको हकहितका लागि काम गरिरहेको बताए । ‘आज सहकारीहरुका गतिविधिहरुका बारेमा चर्चा परिचर्चा भैरहेका छन, त्यसैले विगत ७ वर्षदेखी हुन नसकेको सहकारीहरुलाई नियमन गर्ने कार्यविधि मैले मन्त्री भएकै दिन हस्ताक्षर गरेको छु र त्यसको काम निरन्तर भैरहेको छ’ उनले भने । उनले त्यो कार्यविधिले सहकारीहरुलाई नियमन गर्ने, व्यवस्थीत बनाउने र देशको आर्थिक खम्बाको रुपमा अगाडी बढाउने कार्य गर्ने बताए । उनले कृषि ऋणमा प्रदेश सरकारले १२ प्रतिशत सम्मको ब्याज तिर्ने निति लिएको पनि बताए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन सचिव रमेश बोगटीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष नन्दा भट्टले प्रस्तुत गरेकी थिईन । कार्यक्रममा विभिन्न शिर्षकका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो ।

navjiwan hospital

२०६६ सालमा ३१ जना महिला र १० जना पुरुष गरी ४१ जना शेयरसदस्यको रु. १ लाख ४७ हजार शेयरपुँजीबाट सुरु भएको सहकारीले अहिले विशाल रुप लिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा सहकारीमा ३ हजार २२९ जना शेयरसदस्य रहेका छन भने १ करोड १७ लाख ९६ हजार ३ सय रुपैया शेयरपुँजी रहेको छ । संस्थाले उक्त आर्थिक वर्षमा १३ करोड ६ लाख ४९ हजार २८८ रुपैयाको कारोबार गरेकामा ८ लाख २३ हजार १ रुपैया नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापन शेर बहादुर बोगटीले गरेका थिए ।

बालिविमा वाफतको रकम हस्तान्तरण

यसैबिच सहकारीमा आवद्ध कृषकहरुले बालिबिमा गरेवाफतको रकम ईन्स्योरेन्स कम्पनिले सहकारीलाई हस्तान्तरण गरेको छ । साधारण सभाकै कार्यक्रममा शिखर ईन्स्योरेन्स कम्पनि लिमिटेडका सुदूरपश्चिम प्रमुख डिल्लीराज शर्माले सहकारीलाई बालि बिमा वाफतको रकम हस्तान्तरण गरेका हुन ।

उनले नगरपालिकाकी उपप्रमुख शारदा रोकायामार्फत सहकारीलाई बालि बिमा वाफतको ९ लाख ४३ हजार ३९८ रुपैया बराबरको चेक हस्तान्तरण गरेका थिए । सहकारीले बालि बिमा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । उक्त कार्यक्रम अन्र्तगत कृषकहरुले बिमा गरेका बालिहरुको क्षति भएपछि ईन्स्योरेन्सले उक्त रकम सहकारीलाई हस्तान्तरण गरेको हो ।

यसैबिच सहकारीले मृत्यु दावी भुक्तानीको रकम पनि हस्तान्तरण गरेको छ । सहकारीमा आवद्ध ऋण बिमा गरेका सदस्यको मृत्यु भएपश्चात सहकारीले उनको परिवारलाई बिमा वाफतको २ लाख रुपैया प्रदान गरेको हो ।