
अत्तरिया- बझाङमा कुखुरा फर्मबाट ५ जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने ६५ वर्षका बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले नगद ६६ हजार १३० र दुई गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















