खाेज्नुहाेस

चाडपर्वमा मात्र गरिने बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षण हुदैन

Image

बजार भनेको वस्तु तथा सेवा मुद्राको माध्यमबाट सट्टाबाजि वा खरिद–बिक्री गर्ने स्थान हो । पहिलेको समयमा वस्तुहरुको साटफेर गर्ने चलन विस्तारै विकसित हुदै क्रमसः मुद्रामार्फत बस्तु खरिद–बिक्रि गर्ने चलनमा परिवर्तित भई हालको आधुनिक बजारको विकास भएको पाईन्छ । बजार उपभोक्ताको आवश्यकता पुरा गर्ने स्थान पनि हो ।

आजभोलि बिधुतिय माध्यमबाट विधुतिय बजारको रुपमा विभिन्न डिजिटल प्लेटफर्ममा बस्तु तथा सेवाको खरिद बिक्रि हुने हुदा डिजिटल मार्केट÷विधुतिय बजारलाई समेत बजारको परिभाषामा राख्ने गरिन्छ ।

attariya hospital

देश तथा स्थानिय निकायको विकासमा व्यावसायिक क्षेत्रको योगदान प्रभावकारी तथा विस्तार/प्रर्वद्धन गर्ने व्यावसायिक क्रियाकलापमा स्वच्छ, वैध, प्रतिस्पर्धी बनाई उपभोक्तालाई गुणस्तरिय/सस्तो वस्तु तथा सेवा उपलब्ध गर्न सक्नु नै उपभोक्ता अधिकार संरक्षण गर्न सक्नु हो । अतः सरकारले उपभोक्ताको अधिकार संरक्षण गर्ने बजारको निष्पक्ष अनुगमन तथा समय सापेक्षिक उपभोक्ता संरक्षण तथा हक अधिकार सम्बन्धी ऐन तर्जुमा गर्न सकेमा बजार प्रतिष्पर्धी तथा गुणस्तरिय हुन सक्छ ।

विश्वमा ग्लोबलाईजेसनले विभिन्न विधुतिय माध्यमबाट बस्तु तथा सेवा खरिद बिक्रि बढिरहेको छ । सरकारले बिधुतिय बजार बाट हुने बस्तु तथा सेवाको खरिद बिक्रि लाई प्रभावकारी नियमन गरि समय सापेक्षिक ऐन–कानुन तर्जुमा गर्नु पर्दछ । पछिल्लो समय बजारमा बिधुतिय माध्यमबाट प्राप्त बस्तु तथा सेवाको गुणस्तर कमसल भएको जनगुनासाहरु सुनिदै आएका छन । सरकारले यसको नियमन तथा नियन्त्रण गर्न समय सापेक्षिक कानुन बनाउनु नै उपभोक्ताको अधिकार संरक्षण गर्नु हो । नेपालमा उपभोक्ताको हक÷अधिकार संरक्षण सम्बन्धमा २०५४ सालदेखी विभिन्न कानुन बन्दै आएका छन । नयाँ उपभोक्ता संरक्ष ऐन २०७५ जारी भएदेखि ठुला चाडपर्वमा मात्र गर्ने गरिएका अनुगमन प्रभावकारी नहुने, बस्तु तथा सेवाको गुणस्तर जाँच गर्न प्रभावकारी यन्त्र उपलब्ध नहुनु तथा सजायलाई भन्दा नगद जरिवाना गर्ने प्रचलनले बजारमा उपभोक्ता ठगीने चलन रोकिएको छैन ।

चाडपर्व, युद्ध, महामारीको समयमा वस्तुहरुको कृतिम अभाव सृजना गरि वस्तुहरु लुकाउने र कालोबजारी गर्ने कार्य रोकिएको छैन । यस्ता गलत क्रियाकलाप रोक्न समय–समयमा प्रभावकारी अनुगमन, बजार विष्लेषण, बस्तुको आपुर्तिको रेकर्ड तथा वस्तु बजार सम्म पु-याउन सरकारले भुमिका निर्वाह गर्नुपर्दछ । कालोबजारीमा संलग्न व्यक्तिलाई नगद सजाय मात्र नभई कैदसजाय सम्मको व्यवस्थालाई कडाईका साथ लागु गर्नुपर्दछ ।

चाडपर्वको समयमा उपभोक्ता निम्न कुरामा ठगीन सक्छन्

navjiwan hospital

१.बस्तुको कृतिम अभाव : बजारमा वस्तुको माग र पुर्ति बिचको सन्तुलन कायम हुनुपर्छ । यदि बस्तुको माग बढि र पुर्ति कम भयो भने बस्तुको बजार मुल्य बढ्न जान्छ । चाडपर्वको बेला कतिपय ठाउँमा बस्तुको कृतिम अभाव सृजना गरि उपभोक्तालाई ठग्ने प्रचलन बढि हुन्छ । यस्तो अवस्थामा सरकारले प्रभवकारी नियमन गर्न आवश्यक हुन्छ ।

२. कमजोर गुणस्तरको वस्तु बिक्रि : चाडपर्वमा विभिन्न बस्तुको अन्य समय भन्दा बढि माग हुने हुदा चाडपर्वको वेला केहि व्यापरिहरुले कमजोर गुणस्तर भएका बस्तु बिक्रि गर्दछन । जस्तो कुहिएको तरकारि, फलफुल मिठाई, तेल आदि । यसको गुणस्तरहिन बस्तु विक्रि रोक्न सरकारले अनुगमनलाई तिब्रता दिनुपर्दछ ।

३. वस्तुमा अखाध्य वस्तुको मिसावट : चाडपर्वको बेला अन्य दिन भन्दा बढि मिठाईजन्य वस्तुको माग हुन्छ । केहि व्यापारिले मिठाईमा केमिकल तथा स्वस्थ्यलाई असर गर्ने अखाध्य बस्तु मिसावट गरि बिक्रि गर्दछन । यस्ता मिसावट रोक्न स्थानिय सरकारले उपभोक्तालाई सजग बनाउनका लागि त्यस्ता विषयमा जानकारी दिने किसिमका विभिन्न क्रियाकलापहरु गर्नुपर्दछ ।

४. वस्तुको तोकिएको मुल्यभन्दा बढि मुल्य : चाडपर्वमा केहि कालोबजारि गर्ने व्यापारिले वस्तुको कृतिम अभाव सृजना गर्ने तथा चाडपर्वमा वस्तुको माग अन्य समय भन्दा बढि हुने भएकोले बस्तुको मुल्य तोकिएको भन्दा बढिलिने गर्दछन । यस्ता कार्य रोक्न बस्तुको तोकिएको मुल्यभन्दा बढि मुल्य लिने व्यपारिलाई कानुनबमोजिम तत्काल कारबाही गर्नुपर्दछ ।

५. म्याद गुज्रेका वस्तुको वेचबिखन : बस्तुको उत्पादन मिति, बस्तुको मुल्य तथा बस्तुको उत्पादन सम्बन्धी जानकारीलाई लेबलिङ गर्नु भनिन्छ । कहि कतै म्याद सकिएका बस्तुहरु पनि बजारमा अनुगमनको क्रममा भेटिएको पाईन्छन । म्याद नाघेका बस्तुले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकोले उपभाक्ताले लेबल जाँच गरेर मात्र बस्तुको खरिद गर्नुपर्दछ । उपभोक्ताहरुलाई वस्तुको लेवल जाँच गर्न सक्ने बनाउने कार्य स्थानिय सरकारले गर्नुपर्दछ ।

उपभोक्ता अधिकार संरक्षणको लागि सरकार तथा सरोकारवाला निकायबाट समय–समयमा उपभोक्ता शिक्षा तथा अनुगमनलाई प्रभावकारी बनाउन सके नेपालमा चाडपर्वमा मात्र नभई अन्य समयमा पनि उपभोक्ताले गुणस्तरिय तथा उपयुक्त मुल्यमा वस्तु प्राप्त गर्न सक्छन । साथै त्यो कार्यले उपभोक्ता अधिकार संरक्षणमा पनि टेवा पु-याउन मद्दत मिल्नेछ । तसर्थ चाडपर्वका समयमा मात्रै नभई बजार अनुगमन गर्ने कार्य नियमित रुपमा गरिनुपर्दछ ।

लेखक : डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड भुरिगाउँ शाखाका प्रमुख हुन