खाेज्नुहाेस

कञ्चनपुरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको तीनवटा नागरिक सहायता कक्ष स्थापना

Image

बेलौरी – सशस्त्र प्रहरीले कञ्चनपुरका सीमावर्ती क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका तीन स्थानमा बिहीबार सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

attariya hospital
navjiwan hospital

सिमा सुरक्षा गुल्म बेलौरीले बेलौरी नगरपालिका–६ स्थित बैशाखा नाका, सशस्त्र प्रहरी बलको बीओपी पुनर्वासले पुनर्वास नगरपालिका–६ स्थित नं. १ घाट सीमा इलाका र बीओपी झिलमिलाले बेलडाँडी गाउँपालिका–३ स्थित कालोपुल सीमा इलाकामा नागरिक सहायता कक्ष स्थापना गरेको हो।

चाडपर्वको समयमा सीमावर्ती नाकाबाट आवतजावत गर्ने नागरिकको संख्या बढ्ने भएकाले सहायता कक्षमार्फत नागरिकलाई आवश्यक सहयोग तथा सहजीकरण गरिने सशस्त्र प्रहरीले जनाएको छ।

सहायता कक्षमा सीमावर्ती क्षेत्रमा आवतजावत गर्दा नागरिकलाई आइपर्ने समस्या तथा गुनासो सम्बोधन गर्न आवश्यक सहजीकरण गरिने बताइएको छ।