खाेज्नुहाेस

कात्तिक ९ गतेदेखि बेलौरीमा पर्यटन महोत्सव हुने

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला–२०८३’ आयोजना हुने भएको छ।

बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा कात्तिक ९ गतेदेखि २० गतेसम्म बेलौरीको खुलामञ्चमा महोत्सव सञ्चालन हुने भएको हो। महोत्सवबारे आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

attariya hospital
navjiwan hospital

महोत्सवमा स्थानीय कृषि, उद्योग, व्यापार, होटल व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा जोड दिइने आयोजकले जनाएको छ। स्थानीय उत्पादन तथा व्यवसायलाई बजारसँग जोड्दै स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

महोत्सव अवधिभर स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई १ सय रुपैयाँ र विद्यार्थीलाई ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।