कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको समापनमा अछामी बड्डो र खन्ट्याखलास आउने

बेलौरी – कञ्चनपुर टी –२० क्रिकेट प्रतियोगिताको फाइनलमा सुदुरपश्चिमका दुई चर्चित कलाकार आउने भएका छन ।

Karma Consultancy

बेलौरी नगरपालिका –१० स्थित शिद्वेश्वर मा.वि को खेल मैदानमा आइतबार हुने समापन समारोहमा हेमराज अधिकारी (खन्ट्या खलास) र लाल बहादुर धामी अछामी (बड्डो) आउने भएका हुन ।

citizen security services

असोज २४ गते देखि शुरु भएको प्रतियोगिता आईतबार समापन हुनेछ । समापन समारोहमा दुवै कलाकारहरुको प्रस्तुति रहने खेल सञ्चालक समिती संयोजक दिपक खड्काले बताए । बिहान ११ बजेदेखि फाइनल खेल हुने छ । त्यसै बिचमा कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । असोज २४ गतेदेखी कार्तिक ४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी थिए ।

attariya hospital

प्रतियोगिताको विजेता टिमलाई १ लाख र उपबिजेता टिमलाई ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी तथा बेस्ट ब्यटसम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.