बझाङ – बझाङमा जग्गादातालाई प्रहरीको सम्मान गरेको छ । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा दान गराउने नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई प्रहरीले सम्मान गरेको हो ।
तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा बिच प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।