१४ वर्षपछि महिला टी–२० विश्वकपको फाइनलमा न्युजिल्याण्ड

न्युजिल्याण्ड १४ वर्षपछि पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ । गएराति शारजाहमा भएको खेलमा वेष्ट इण्डिजलाई ८ रनले पराजित गर्दै न्युजिल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

maya metro hospital

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पूरै २० ओभरमा ९ विकेट गुमाएर १२८ रन जोडेको थियो । उसका लागि जर्जिया प्लिमरले सर्वाधिक ३३ रन बनाउँदा सुजी बेट्सले २६ तथा इसाबेला गेजले २० रन जोडिन ।

वेष्ट इन्डिजकी डिएन्ड्रा डोटिन एक्लैले ४ विकेट लिँदा एफी फ्लेचरले २ विकेट झारिन् । १ सय २९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको वेष्ट इण्डिजले पूरै २० ओभरमा ८ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । उसका लागि पनि डिएन्ड्रा डोटिनले सर्वाधिक ३३ रन नै बनाउन सफल भइन् भने अन्य ब्याटरको प्रदर्शन फितलो रह्यो ।

attariya hospital

न्यूजिल्याण्डकी एडेन कार्सनले ३, अमेलिया केरले २ तथा फ्रान जोन्स, ली ताहुहु र सुजी बेट्सले एक–एक विकेट लिए । यो जितसँगै न्यूजिल्याण्डले उपाधि भिडन्तका लागि दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको छ । दक्षिण अफ्रिका अस्ट्रेलियाको महिला टोलीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि राति पौने ८ बजे दुबईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.