कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगर क्षेत्रबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ४९ हजार ५९० रुपैयाँ बराबरका कुलर, इलेक्ट्रोनिक्स सामग्री लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ। उक्त सामान थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।


















