डोटी – डोटीमा एक जना मजदुर मृत फेला परेका छन् । अर्घखाँची सितगंगा नगरपालिका–८ घर भएका वर्ष ४५ का गोपाल रेग्मी मृत अवस्थामा फेला परेका हुन ।

बुधबार बेलुकी रेग्मी क्याम्पभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनी दुदिला कन्सट्रक्सनमा ज्याला मजदुरी काम गर्दै आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















