धनगढी – कैलालीका चितुवा पासोमा परेको छ । जानकी गाउँपालिकाको जगतपुरमा रहेको कैलाशेश्वर सामुदायिक वनमा वयस्क चितुवा पासोमा परेको हो ।

घाटीमा पासो परेको चितुवा घाइते अवस्थामा रहेको सामुदायिक वनका अध्यक्ष खडक बहादुर शाहले बताए । उनका अनुसार चितुवा ठुलो स्वरले आवाज निकालेर कराइरहेको छ ।

घाइते भएको चितुवा उद्धारको लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई विशेषज्ञ तथा प्राविधिक टोली खबर गरेको टिकापुर सब डिभिजन वन कार्यालयका प्रमुख विश्वराज पण्डितले जानकारी दिएका छन ।

















