बेलौरी – कञ्चनपुर टी– २० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा श्री केदार अटी वर्कसप कलकत्ता र सुप्रीया सुपर फास्ट भुडा विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा श्री केदार अटो वर्कसप कलकत्ताले पुर्नवासको टाइगर युवा क्लबलाई ८ विकेटले हराएको हो ।
टच जितेर पहिले ब्याटिङ गरेको टाई युवा क्लबले निर्धारित १५ ओभरमा आफ्ना ५ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । १४९ रनको लक्ष्य पाएको श्री केदारको टिमले १२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
श्री केदारलाई विजयी गराउन दिनेश रावतले उत्कृष्ट ब्याटिङ गर्दै १०७ रन जोडे । उनी म्यान अफ द म्याच भएका थिए ।


त्यसै गरी दोस्रो खेलमा सुप्रीया सुपर फास्ट भुडाले बेदकोटको आर्टिस ११ लाई २५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुप्रीयाले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पाएको आर्टिस ११ ले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्रै जोडन सफल भयो ।
उक्त खेलमा सुप्रीयालाइ विजय गराउन बलिङ गर्दै ५ विकेट लिएका मिलन बोहरा म्यान अफ द म्याच घोषित भएका छन् ।
असोज २४ गतेदेखि कार्तिक ४ गतेसम्म बेलौरी नगरपालिका १० शिवनगरको शिद्वेश्वर माविमा सञ्चालन भइरहेको प्रतियोगितामा १६ टिम सहभागी छन् । असोज २९ गतेसम्म लिग चरणका खेल हुने छन् ।
खेल नक आउट पद्धतिमा खेलाइँदै छ । प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी पाउने छन । त्यस्तै बेस्ट ब्याटस्म्यान र बलरलाई ५ हजार सहित ट्रफी प्रदान गरिने छ ।

















