डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी सिद्धनाथ टोलबाट प्रहरीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४७ वर्षीय जयबहादुर बोहरालाई २० ग्राम चरेशसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार बोहराले सञ्चालन गर्दै आएको आशिष खुद्रा पसलबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा पसलको काउन्टरमा रहेको र्याकमा लुकाइछिपाइ राखिएको अवस्थामा २० ग्राम चरेश बरामद गरिएको थियो।
बरामद गरिएको लागूऔषधसहित बोहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















