डोटी- डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जोरायल गाउँपालिका–४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भिरबाट लडेर ३७ वर्षीया भावना पुन मगरको मृत्युु भएको हो।

उनीको कैलालीको चौमालाबाट दसैँ मनाउन घर जाने क्रममा लडेर शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज प्रहरी निरीक्षक खेमबिक्रम केसीको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको छ।

















