बझाङमा अटो दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
बझाङ – बझाङमा अटो दुर्घटनामा परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका ४ का २४ वर्षीय गोबिन्द बिक रहेका छन् ।
बिक बित्थडचिर – ९ सुनकुडास्थित जयपृथ्वी राजमार्गमा देउलेखबाट सुनकुडा तर्फ आउँदै गरेको अवस्थामा ठाडीधार भन्ने स्थानमा गयराति c6f] b’3{6gf ePsf] lyof] .
बिकले चलाएको सुपप्र ०१००१ ह ६३२१ नम्बरको अटो एक्स सडकबाट १०० मिटर तल खस्दा उनको टाउको, मुख र अन्य पुरै शरिरमा चोट लागेको थियो ।
उनलाई तत्काल प्राथमिक स्वस्थ्य केन्द्र देउलेख बझाङमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएको lyof] pgsf] राति २ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताए ।
उनका अनुसार बिकले अत्यधिक मदिरा सेवन गरिएको मेडिकल रिपोर्टमा देखिएको छ । अहिले मृतक बिकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र देउलेख बझाङको शव गृहमा राखिएको छ ।