खाेज्नुहाेस

अत्तरियामा आजदेखि सुरु हुन गइरहेको प्रदर्शनी बजारमा तोडफोड 

Image
अत्तरिया – ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ  सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारमा तोडफोड गरिएको छ । अत्तरिया क्षेत्रका केही व्यवसायीहरूले आज देखि सुरु हुन गइरहेको बजारको विरोध गर्दै गेटमा तोडफोड गरेका हुन।
attariya hospital
कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा हुन गइरहेको उक्त प्रवर्द्धन बजारको संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
navjiwan hospital
नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्लले केही व्यवसायीहरूले समूहले बिहान प्रदर्शनी बजारको गेटमा तोडफोड गरेको बताए । उनले सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सञ्चालनका लागि नगरपालिकाबाट अनुमति लिइएको बताए ।
उनीहरूले तोडफोड गर्नको कारण भने खुलेको छैन । अहिले दुवै पक्ष बिच इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भइरहेको छ ।