खाेज्नुहाेस

बझाङको बुंगल नगरपालिकाले आफ्नै भवनबाट दिन थाल्यो सेवा

Image

बझाङ- बझाङको बुंगल नगरपालिकाले बिहीबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले अब सेवा प्रवाहमा सहज हुने बताए ।

navjiwan hospital

उनले प्रशासनिक भवन सङ्घीय सरकार तथा नगरपालिकाको संयुक्त लगानी २ करोड ३१ लाखको लागतमा निर्माण भएको बताए । यसअघि भाडाको भवनबाट सेवा दिइँदै आएको थियो ।

attariya hospital

२०७८ असार ३० गते वाइआर हटैराज जेभीले २०८१ असार ३० गते काम सक्ने गरी ठेक्का लिएको भएपनि कोरोना र स्थानीय तहको निर्वाचनका कारणले केही ढिलाइ भएको थियो ।