काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।