खाेज्नुहाेस

अत्तरियामा रहेको थ्रिडिभिएल सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक सुदूरपश्चिम प्रमुख दिनेश गेलाल रहेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष ओझाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका प्रबन्धक डबल साउँदले प्रस्तुत गरेका थिए ।

attariya hospital

३७ जना शेयरसदस्यको १ लाख ८५ हजार शेयरपुँजी सहित २०७९ जेठ १२ गतेदेखी सञ्चालनमा आएको सहकारीले छोटो समयमा नै शेयरसदस्य र शेयरपुँजीमा वृद्धि गर्न सफल भएको छ । हाल सहकारीमा १५६ जना शेयरसदस्य र ११ लाख ७१ हजार ३ सय शेयरपुँजी रहेको छ । सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ८२ हजार ७१० रुपैया बराबरको कारोबार गर्न सफल भएको छ । जसबाट संस्थाले सम्पुर्ण खर्च कटाएर ९ हजार ९५१ रुपैया नाफा आर्जन गरेको छ ।

navjiwan hospital

संस्थाको जगेडा कोषमा २४ हजार ९०३ रुपैया रहेको छ भने निक्षेपमा ६३ लाख ४४ हजार २३० रुपैया रहेको छ । यस्तै संस्थाले ८ लाख ४८ हजार ८६३ रुपैया बाह्य ऋण रहेको जनाएको छ ।

अतिथिलाई कोदोको पिठो र मह

यसैबिच संस्थाले कार्यक्रमका अतिथिहरुलाई कोदोको पिठो र मह दिएको छ । संस्थाले कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो स्वरुप उक्त सामग्री दिएको हो ।

साधारण सभामार्फत स्थानीय उत्पादनलाई माथी उकास्न पनि सहयोग पुग्ने देखेर अतिथिहरुलाई उक्त सामग्री दिईएको संस्थाका अध्यक्ष ओझाले जानकारी दिए । उनले स्थानियस्तरमा उत्पादित वस्तुहरुको प्रर्वद्धनका लागि यस्ता किसिमका उपायहरु अपनाउन जरुरी रहेको समेत बताए ।