खाेज्नुहाेस

पहिलो पटक पायो साइपालले बैंक

Image

धनगढी – बझाङकाे साइपाल गाउँपालिकामा संघीयता लागू भएकाे ७ वर्षपछि बैंक स्थापना भएकाे छ। एभरेष्ट बैंकले असाेज १० गते बिहीबारबाट साइपाल गाउँपालिकाकाे काँडामा शाखा सञ्चालन गरि सेवा सुरु गरेकाे हाे।

साइपालमा बैंक पुगेसँगै देशभरका सबै स्थानीय तहहरूमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति भएको छ।

attariya hospital
navjiwan hospital

संघीयतापछि सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पालिकामा शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो।

२०७४ असार मसान्तसम्म शाखा सञ्चालन गर्ने भन्ने अवधिसम्म २९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका थिए। राष्ट्र बैंकले निर्देशन दिएको सात वर्षपछि साइपाल गाउँपालिकाले बैंक पाएको छ।

वर्षौँकाे प्रयासपछि पालिकामा बैंक सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए। बाेहाेराका अनुसार बैंक सञ्चालनका पटक- पटक काठमाडौँ धाउँदै, पत्र पठाउँदै गरेपछि बल्ल एभरेष्ट बैंकले शाखा सञ्चालन गरेको हाे।