डडेल्धुरा- भारतमा आफ्ना श्रीमानलाई कुटेर डडेल्धुरा घर भएकी एक महिला फरार भएकी छन् । आलिताल गाउँपालिका३ की कमला धामी आफ्ना श्रीमानलाई धारिलो हतियार समेत प्रहार गरी फरार भएकी हुन् ।

रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका मनोज धामीले सेप्टेम्बर २ मा आफू सुतेको समयमा कमला फरार भएको बताए । एक दिनअघि खाना खाने विषयमा दम्पतिबिच सामान्य विवाद हुँदा कमलाले आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेको मनोजले बताए ।

उनले आफूमाथि खुकुरी प्रहार समेत भएको र आफूले कमाएको जम्मै रकम पनि कमलासंगै रहेको बताए । उनीहरुको ५ वर्षको एक छोरा छ ।




















