खाेज्नुहाेस

बझाङमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगायो

Image
file photo

बझाङ – बझाङमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएको छ । छबिसपाथिभेरा गाउँपालिका – १ मा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएको हो ।

navjiwan hospital

खानेपानीको पाइपलाइन पहिरोले बगाएपछि अहिले २ सय ३० घरपरिवार समस्यामा परेका छन् । भदौको अन्तिम हप्ता गएको पहिरोले मुहान र पाइपलाइनमा क्षति पु-याएपछि परिगाल र सुगालाका २ सय ३० घरपरिवार खानेपानी सेवाबाट वञ्चित भएका स्थानीय बासिन्दा लक्ष्मण गिरीले बताए ।

attariya hospital

वर्षाैंदेखि पनाले खोला खानेपानी योजनाबाट पानी उपभोग गरिरहेकाहरू अहिले सेती नदीको पानी उपभोग गर्न बाध्य भएका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंहले आफ्नो तहबाट पालिकालाई यस विषयमा जानकारी गराएको बताए ।