
काठमाडौँ- सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्यमा भने घटबढ भएको छैन । चाँदीको मूल्य हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



















