डोटी- डोटीमा जबरजस्ती करणी गरेर फरार भएका लाल रैकाल पक्राउ परेका छन् । आदर्श गाउँपालिका–६ का ३८ वर्षीय रैकाल आमाको किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका प्रहरीले बताएको छ ।

उनले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोगमा आइतबार इलाका प्रहरी कार्यालय आदर्शको टोलीले पक्राउ गरेको डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका र दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका डीएसपी भट्टराईले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
















